नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्रालयको जिम्मेवारी « Arthapath.com
३ बैशाख २०८१, सोमबार

नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्रालयको जिम्मेवारी



काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभार श्रेष्ठलाई प्रदान गरेका हुन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका छन् । अर्थमन्त्री पुन ८ वैशाखमा स्वदेश फिर्ता हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्