रिलायन्स् फाइनान्स् र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

रिलायन्स् फाइनान्स् र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता



काठमाडौं । रिलायन्स् फाइनान्स्ले मोबाईल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ । सम्झौतामा रिलायन्स् फाइनान्स्का सिइओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सिइओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर गरिएको छ ।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भन्नुभयो ‘ रिलायन्स् फाइनान्स्सँग हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ’ ।

सन् २००४ देखि नै एफवान सफ्टको मूख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ । एफवान सफ्ट मोबाईल बैंकिङ र मोबाईल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो । नेपालका ९५ प्रतिशत भन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंक मार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । मोबाईल बाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ ।

रिलायन्स् फाइनान्स् लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्रबैंकबाट अनु्मति प्राप्त ‘सी’ बर्गको बित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४ औँ फाइनान्स् कम्पनीका रूपमा सुरू भएको थियो ।
विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबईल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुनेछ ।


प्रतिक्रिया दिनुहोस्