नेकपाभित्रको विवादबारे बुझ्न चिनियाँ टोली काठमाडौं आइपुग्यो « Arthapath.com
१२ पुष २०७७, आईतवार

नेकपाभित्रको विवादबारे बुझ्न चिनियाँ टोली काठमाडौं आइपुग्यो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादका बारेमा अध्ययन गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वको टोली नेपाल आइपुगेको छ । उक्त टोली एअर चाइनाविमानबाट छङ्तु हुँदै काठमाडौं आइपुगेको हो । उक्त टोलीले नेपाल कम्युनिष्ट पार्टीका उच्च नेताहरुसँग छलफल गर्ने भएको छ । उक्त टोलीमा ४ जना रहेका छन् ।

भोली भोलि बिहान ९ र ११ बजे नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

आइतबार ३ बजे चिनियाँ दूतावासमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी बृफिङ्ग लिने र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको पनि सहभागीता रहने स्रोतले बतायो । त्यस्तै, टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्