धितोपत्र बोर्डद्धारा नेप्सेलाई कारबाही गर्ने चेतावनी « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

धितोपत्र बोर्डद्धारा नेप्सेलाई कारबाही गर्ने चेतावनी



काठमाडौं । बुधबार नेपालस्टक एक्सचेञ्ज (नेप्से) मा निफ्राको सेयरमूल्य शून्य भएको, नेप्सेको वेबसाइटमा रियल टाइममा डाटा नदेखिएको, अनलाइन कारोबार चुस्तदुरुस्त नभएको, कारोबारमा असहजता भएकोप्रति लगानीकर्ताको गुनासो बढेपछि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई अविलम्ब जबाफ माग गरेको छ ।

बुधबार कारोबार सुरुआती समयमै निफ्राको सेयर कारोबारमा समस्या देखा परेको र खरिदबिक्री नै शुन्यमा झारेको विषयलाई लिएर नेप्सेको बोर्ड तथा व्यस्थापनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार कारबाही गर्ने व्यहोरासहितको पत्र पठाएको बोर्ड स्रोतले जनाएको छ । सेवोनले (नेप्से) को सञ्चालक समिति र व्यवस्थापनलाई कारबाही गर्ने चेतावनी दिँदै पत्र पठाएको बोर्ड स्रोतको भनाइ छ । तर, नेप्सेले प्राविधिक कारणले समस्या आएकाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्