राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने « Arthapath.com
१७ जेष्ठ २०७८, सोमबार

राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने



काठमाडौं । राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद कित्ता बिक्री गर्ने प्रस्ताव साधारण सभामा पेश गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६–०७७ सम्मको मुनाफाबाट वितरण हुने ३६.५० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुंजीको १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो ।

बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्ने जनाएको छ । हाल कम्पनीको चुक्ता पुंजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्