लगानी योजना एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनलबीच सम्झौता « Arthapath.com
१७ असार २०७८, बिहीबार

लगानी योजना एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनलबीच सम्झौता



काठमाडौं । एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच म्युचुअल फण्ड अन्तर्गत संचालित ‘कर्पोरेट पे रोल’ सिप अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको सम्पन्न भएको छ ।

सम्झौतामा पत्रमा देवयनी इन्टरनेसनलका तर्फबाट कम्पनिका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन ।

सम्झौता संगै देवयानी इन्टरनेशनल नेपालका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको एसआइपी अनर्तगत लगानी गर्न सक्ने छन ।

देवयानी इन्टरनेशनलले देशभर केएफसी, पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गदै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्