सेती महाकाली प्रवास सेवा समितिको आनन्दपुर जिल्ला सम्मेलन सम्पन्न, एमसीसीको शसक्त विरोध « Arthapath.com
६ आश्विन २०७८, बुधबार

सेती महाकाली प्रवास सेवा समितिको आनन्दपुर जिल्ला सम्मेलन सम्पन्न, एमसीसीको शसक्त विरोध



काठमाडौं । सेती महाकाली प्रवास सेवा समिति भारतको आनन्दपुर जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । भारतको आन्ध्र राज्य  अन्तर्गत पर्ने आनन्दपुर जिल्लाको प्रथम सम्मेलन मंगलबार सम्पन्न भएको हो । 

मंगलबार सम्पन्न भएको सम्मेलनको अध्यक्षता सेती महाकाली प्रवास सेवा समिति भारत आन्ध्र राज्य आनन्दपुर जिल्लाका अध्यक्ष चन्द्र बहादुर रावलले गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अथिती सचिवालय सदस्य बीर बहादुर पार्की, विशिष्ट अथितीमा आन्ध्र राज्यका अध्यक्ष पदम बहादुर बीसि, आन्ध्र राज्य संगठन प्रमुख दिनेश पार्की, अथितीमा आन्द्रा सञ्चार विभाग प्रमुख सुभास चन्द्र बीसि, आन्ध्र राज्य सांस्कृतिक बिभाग प्रमुख राजेश पार्की, सचिव नरेश बीसि, सल्लाहकार मीन बहादुर पार्की, जिल्ला सदस्य गोरख बहादुर पार्की, रंगशाला बीसि, खेलकुद विभाग प्रमुख बालकृष्ण पार्की, जय पार्की, राज्य वैकल्पिक सदस्य धन बहादुर पार्की लगायतका ब्यक्तिहरू रहेका थिए । 

कार्यक्रमको सञ्चालन नरेश बीसिले गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले एमसीसीको विरोध गरेका थिए । नेपालमा पछिल्लो समय अमेरिकी सहयोग भनिएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को भारतबाट भएपनि विरोध गरिएको हो । राष्ट्रघाती र राष्ट्रहित विपरित भएको भन्दै उक्त सम्झौता नेपालमा लागू नगर्न माग गरेका छन् । सार्वभौम स्वतन्त्रता नै खतरामा पार्ने योजना अनुसार उक्त सझौता लागू भए नेपालको अस्तित्व नै समाप्त हुने आन्ध्र राज्यका अध्यक्ष पदम बीसिले बताए ।


प्रतिक्रिया दिनुहोस्