समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने « Arthapath.com
२० माघ २०७८, बिहीबार

समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने



काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । फाइनान्सले सूचाना जारी गर्दै फागुन ८ गतेदेखि हकप्रद शेयर बिmत्री खुला गर्ने जनाएको हो ।

फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

फाइनान्सले हकप्रद निष्काशन प्रयोजनार्थ पौष ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

फाइनान्सको हकप्रद शेयरमा लगानीकर्ताले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई मंसिर २९ गते हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्