स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट



काठमाडौ । प्रभु बैंकका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट हुने भएको छ। उक्त छुटका लागि प्रभु बैंक र वन्डर्स नेपाल प्रालि बिच दुई पक्षीय समझदारी भएको छ ।

सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपालकाका तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

यस्ता किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको बैंकले जनाएको छ।

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरजंन लिन सकिन्छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैकिङ्ग तथा वित्तिय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

बैंकले विश्वभरबाट रेमिट्यान्स सेवा दिदै रेमिटान्स खाता मार्फत उच्च ब्याजदरमा आफ्ना ग्राहक वर्गहरुलाई सेवा दिदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्