उन्नती सहकार्यको शेयर नेप्सेमा सूचीकृत, १४ लाख ९५ हजार कित्ता साधारण शेयर जारी गर्ने « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

उन्नती सहकार्यको शेयर नेप्सेमा सूचीकृत, १४ लाख ९५ हजार कित्ता साधारण शेयर जारी गर्ने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर बिहीबार सूचीकृत भएको छ । लघुवित्तको प्रतिशेयर १०० अंकित तथा चुक्ता मूल्यका १४ लाख ९५ हजार ३६६.५० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।

उन्नती सहकार्य लघुवित्त साविकका उन्नति लघुवित्त र सहकार्य लघुवित्त एक आपसमा मर्ज भई बनेको लघुवित्त कम्पनी हो । नेप्सेमा सूचीकृत उन्नती लघुवित्त र सूचीकृत नभएको सहकार्य लघुवित्त १ बराबर ०.७५ अनुपातमा गाभिएका हुन्।

मर्जरपश्चात यी दुई लघुवित्तले असार २६ गतेदेखि एकिकृत कारोबार थालेका थिए । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा शाखा विस्तार गरेको छ। सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ थियो ।


प्रतिक्रिया दिनुहोस्