४८ प्रतिसत लाभांस पारित गर्न एन आई सी एशिया क्यापिटलको साधारणसभा भदौ १३ गते बस्ने « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

४८ प्रतिसत लाभांस पारित गर्न एन आई सी एशिया क्यापिटलको साधारणसभा भदौ १३ गते बस्ने



काठमाडौं । एन आई सी एशिया क्यापिटलको शुक्रबार बसेको संचालक समितिको ९४ औं बैंठकको निर्णयानुसार क्यापिटलको पाँचौ वार्षिक साधारणसभा आगामी भाद्र १३ गते आइतबार बस्ने निर्णय गरेको छ ।

एन आई सी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली काठमाडौंमा बसेको बैठकले आर्थिक वर्ष २०७७/०७८ साधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभाले चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ नौ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने प्रश्ताव गरेको छ ।

छिटो तथा ग्राहकमुखी सेवा दिंदैक्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, म्युचुअल फण्ड, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्