चिलिमेको नगद लाभांश सेयरधनीको बैंक खातामा पुग्यो « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

चिलिमेको नगद लाभांश सेयरधनीको बैंक खातामा पुग्यो



काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा ७.५५ नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले माघ ५ गतेबाट आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको नगद लाभांश खातामा पठाएको हो । डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिएको कम्पनीको भनाई छ । हालसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले भनेको छ ।

बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ । सेयर धितोमा राखेकाले नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट स्वीकृति पत्र आनिवार्य रुपमा पेश गर्नुपर्ने छ । चिलिमेको पुस २३ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७.५५ नगद लाभांश र ७.५५ बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्