नेप्सेमा राष्ट्र बैंकको ३५ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत « Arthapath.com
१० असार २०७९, शुक्रबार

नेप्सेमा राष्ट्र बैंकको ३५ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेका अनुसार सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको विभिन्न ३ वटा विकास ऋणपत्र सूचीकृत भएका हुन् । जसमध्ये, २०८१ ‘ङ’ नामको १० अर्ब रूपैयाँ बराबरको, २०८१ ‘च’ नामको १० अर्ब रूपैयाँ बराबरको र २०८३ ‘छ’ नामको १५ अर्ब रूपैयाँ बराबरको गरी कुल ३५ अर्बको विकास ऋणपत्र सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्