झिनो अकंले बढ्यो नेप्से, नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

झिनो अकंले बढ्यो नेप्से, नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अकंले उकालो लागेको छ । गत साताको अन्तिम कारोबारको दिन दोहोरो अकंले बढेको शेयर बजार यो साताको सुरुवातमा सामान्य अकंले घटेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज २.१६ अकंले बढेर १९६३.२२ बिन्दुमा बन्द भएको छ । आइतबार पूँजी बजारमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १९ करोड ८० लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ७७ लाख १५ हजार रुपैयाँ, फस्र्ट माइफोफाइनान्सको ७ करोड ११ लाख रुपैयाँ, हिमालयन डिस्टलरीको ६ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्