नेप्से परिसूचक २ हजार तल झर्यो, कारोबार समेत निरन्तर खुम्चियो « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

नेप्से परिसूचक २ हजार तल झर्यो, कारोबार समेत निरन्तर खुम्चियो



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा फेरी राताम्य भएको छ । चौथो कारोबारको दिन राताम्य भएको बजार आज पनि सोहि निरन्तता पाएको हो ।

सेयर बजार ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिदैं गएको छ । पुँजी बजारमा राजनीतिको छाँयाले गर्दा ओरालो लागि रहेको जानकारहरु बताउछन् । एमाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने दिई सकेको छ । लगानीकर्ताले रुचाएका अर्थमन्त्री विष्णु पौडेलको पदमुक्त भएसगै लगानीकर्ता डराइ रहेको अवस्था छ ।

सरकार तथा नियामकका नीति, बैंकिङ तरलता, लगानीकर्ताको मनोविज्ञान अनि सेयर बजारसँगै समग्र अर्थतन्त्रको साइकलले पनि उत्तिकै असर गरिरहेको हुन्छ । सोहि कारण पनि सेयर बजार प्रभावित बन्दैं गएको छ ।

आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन आवश्यक छ । घटेको बजार पुनः माथि जान्छ भन्ने दृढ आत्मविश्वास हुन जरुरी देखिन्छ । यसो हुन सकेमा बजारबाट अवश्य पनि लाभ लिन सकिने अनुभवीहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.४८ अकंले घटेर १९६९.०१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार १३ उपसूचक राताम्य भएको छ । आज बैंकिङ समूहको ०.९४ प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, फाइनान्स समूहको १.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६६ प्रतिशत र हाइड्रोपावर समूहको १.५८ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्