बजारमा थपियो फेरि १ करोड ५५ लाख कित्ता बोनस सेयर, कुन कम्पनीको कति ? « Arthapath.com
२२ फाल्गुन २०७९, सोमबार

बजारमा थपियो फेरि १ करोड ५५ लाख कित्ता बोनस सेयर, कुन कम्पनीको कति ?



काठमाडौं । सेयर बजारमा थप डेढ करोड कित्ता बोनस सेयर थपिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकै दिन दुई बैंकसहित पाँच कम्पनीको १ करोड ५५ लाख ५१ हजार ८५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा प्रभु बैंक, साविकको सेञ्चुरी कमर्सियल बैंक, आँधिखोला लघुवित्त, फस्ट माइक्रोफाइनान्स लघुवित्त र आईसीएफसी फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमध्ये प्रभु बैंकको ८२ लाख ६० हजार ६५७.७१ कित्ता, साविकको सेञ्चुरी बैंकको ४५ लाख ३८ हजार १०५.८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यी दुवै बैंकले क्रमशः ६.५० प्रतिशत र ४.७५ प्रतिशत बोनस बापतको सेयर नेप्सेमा सूचीकृत गराएका हुन् ।

यस्तै, नेप्सेमा फस्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बापतको १८ लाख ३२ लाख ५३५.५६ कित्ता र आँधिखोला लघुवित्तको ३ लाख ५७ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यता, आईसीएफसी फाइनान्सको भने ५ प्रतिशत बापतको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

यी पाँचै वटा कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्