सेयर बजारमा झिनो सुधार, अझै माथि उठ्न सकेन कारोबार « Arthapath.com
३० फाल्गुन २०७९, मंगलवार

सेयर बजारमा झिनो सुधार, अझै माथि उठ्न सकेन कारोबार



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । अहिल्ला कारोबारको दिन राताम्य भएको बजार आज भने सुधार तिर गएको हो ।

केन्द्रीय बैंकले अर्थतन्त्रका सूचकहरु सबल बन्दै गएको रिपोर्ट सार्वजनिक गरे पछि बजार सुधार तिर लम्किएको हो । यता, बैंकहरुले निक्षेप र कर्जा दुवैको ब्याजदर घट्ने उद्घोष गरेर चैत देखि लागू हुने गरी घटाइ रहेको हुदाँ पनि बजार झिनो अकंले सुधार तिर गएको अनुमान गर्ने थालिएको छ ।

अमेरिकामा बैंकहरु टाट पल्टिएको र बंगलादेशको अर्थतन्त्र पनि धराशायी बनिरहेको छ । यी घटनाहरुको पनि आम लगानीकर्तामा नकारात्मक प्रभाव परेको अनुमान गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर १९५३.०६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५५ कम्पनीको ३३ mाख १८ हजार १०८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड५९ लाख २५ हजार ३५७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ८ उपसूचकमा हरियाली छाएको छ । आज विकास बैंक समूहको ०.३६ प्रतिशत, फाइनान्स समूहको ०.९८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६५ प्रतिशत, हाइड्रोपावरको ०.७५ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्