कति कित्ता बिक्यो त आज एनआईसी एशिया र नबिल बैंकको सेयर ? « Arthapath.com
३० फाल्गुन २०७९, मंगलवार

कति कित्ता बिक्यो त आज एनआईसी एशिया र नबिल बैंकको सेयर ?



काठमाडौं । मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । साताको तेस्रो कारोबार दिन बैंकको १० करोड ४८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको १ लाख ३६ हजार ७३३ कित्ता सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य भने प्रतिकित्ता ७६४ रुपैयाँ कायम भएको छ ।

सो दिन कुल १ अर्ब १३ करोड ५९ लाख २५ हजार रुपैयाँ बराबरको ३३ लाख १८ हजार १०८ कित्ता सेयर कारोबार भएको छ ।

यस्तै, मंगलबार कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको भने ३ करोड बढी सेयर किनबेच भएको छ । नेप्सेका अनुसार आजक बैंकको ३ करोड ४४ लाख ७३ हजार रुपैयाँ बराबरको ५५ हजार १५ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकको सेयर मूल्य भने प्रतिकित्ता ६२५ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्