तपाइलाई पर्यो त सगरमाथा जलविद्युतको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आज बाँडफाँट सम्पन्न भएको छ ।
आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । जस मध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भएको थियो भने योग्य १३ लाख ९३ हजार १५३ आवेदकलाई गोलाप्रथाबाट बाँडफाँट गरेको हो । जसमा ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले आइपीओ प्राप्त गरेका छन् ।
कम्पनीको आइपीओ यी तीन तरिकाबाट हेर्न सकिन्छ:
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट: meroshare.cdsc.com.np/#/login
सिडीएससीको मेरोशेयरको वेबसाइटः https://www.prabhucapital.com/