किन बढ्यो एकाएक सेयर बजार ? « Arthapath.com
३ जेष्ठ २०८०, बुधबार

किन बढ्यो एकाएक सेयर बजार ?



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजारमा दोहोरो अकंले बढेको छ । केहि दिन यता निराश बन्दै गएका लगानीकर्तालाई आज भने उत्साह छाएको छ ।

सिंगो अर्थतन्त्र सुस्ताएको स्वीकार गरेसँगै केन्द्रिय बैंकले आन्तरिक बजारलाई चलायमान बनाउने सेयर बजारलाई अप्रत्यक्ष पृष्ठपोषण गर्ने उपाय अघि सारेको हुदाँ बजार सुधार तिर लम्किएको आंकलन गर्र्न थालिएको छ । बजारमा अधिकतर ब्याजदर घटाउन केन्द्रिय बैंकले विद्यमान बैंक दर (स्थायी तरलता सुविधाको दर)लाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशतमा झारेको छ । यसले निक्षेपको ब्याजदर अझै क मगर्न सघाउँछ र बैंकहरुलाई कर्जाको ब्याजदर घटाउन उत्प्रेरित गर्छ । सोहि कारण पनि बजार सुधार तिर गएको जानकारहरु बताउछन् ।

होटेल तथा रेस्टुरेण्ट, पशुपन्छी पालन र निर्माण क्षेत्रसम्बद्ध पुरै कर्जा र ५ करोड रुपैयाँसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई समेत आगामी असार मसान्तभित्र पुनःसंरचना र पुनःतालिकीकरण गर्ने सुविधा दिइएको छ । यसले पनि धेरै व्यवसायीलाई तत्कालको कमाईको पैसा अहिले घटेको सेयर बजारतर्फ मोड्न अवसर प्रदान गर्ने छ ।

यता, बजेटको तयारीमा समेत अर्थमन्त्रालय लागि परेको छ । भोलि अर्थात जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । लगानीकर्ताका माग सम्बोधन हुने आशाले बजारमा उत्साह छाएको छ । अर्थमन्त्री प्रकाशसरण महतले पनि पूँजी बजारमा सुधारका लागि आफु सकरात्मक प्रतिक्रिया दिदै आएका छन् । सो कारण पनि लगानीकर्ता आशावादी बनेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३९ अकंले घटेर १८४५.०१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुदाँ ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सुधार आउँदा आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । बुधबार बैंकिङ समूहको ०.७२ प्रतिशत, विकास बैंक समूहको १.६३ प्रतिशत, फाइनान्स समूहको २.२८ प्रतिशत,होटल तथा पर्यटन समूहको ०.५९ प्रतिशत र हाइड्रोपावर समूहको २.१९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बुधबार शिवम सिमेन्टको ५ करोड ४६ लाख रुपैयाँ, एनटिसी ४ करोड ७४ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्