थप ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
२५ फाल्गुन २०८०, शुक्रबार

थप ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । यस साता आधा दर्जन कम्पनीहरुको १ करोड ३२ लाख ३२ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । दुई लघुवित्त, दुई इन्स्योरेन्ससहित ६ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा यो साता छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता, जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, हिमालयन एभरेष्टको १९ लाख ८६ हजार २२४ कित्ता, युनाईटेड अजोडको १९ लाख ५४ हजार ३२० कित्ता, सोल्टी होटलको ४४ लाख २३ हजार ८६४ कित्ता र युनिभर्सल पावर कम्पनीको १७ लाख ९५ हजार ७९९.२५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी ६ वटै कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्