सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँड : कति पाए सेयर ? यसरी हेर्नुहोस् नतिजा « Arthapath.com
२५ फाल्गुन २०७९, बिहीबार

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँड : कति पाए सेयर ? यसरी हेर्नुहोस् नतिजा



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले स्थानीयबासी तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँड गरिएको हो ।

कम्पनीले ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता सेयर र वैदेशिक रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको ४ लाख ३६ हजार ८०० कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँड भएको बताइएको छ । स्थानियबासीको हकमा १० कित्ता देखि ३ हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३ हजार १५० कित्ता देखि १० हजार कित्तासम्म आवेदन दिने आवेदकहरुलाई ३ हजार ८० कित्ता र ३ हजार १५० कित्ता देखि १० हजार कित्तासम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता सेयर बाँडफाँड भएको क्यापिटलले जनाएको छ।

यस्तै, विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्तादेखि ३० कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिने हजार ५४१ जना मध्ये गोलाप्रथाबाट ६ हजार ८३२ जनालाई थप १० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com,https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।


प्रतिक्रिया दिनुहोस्