मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिरले दिए राजीनामा « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिरले दिए राजीनामा



काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिरले राजीनामा दिएका छन् ।

अलजजिरकाका अनुसार नयाँ सरकार बनाउने सम्भावित चर्चामाझ उनले सोमबार त्यहाँका राजालाई आफ्नो राजीनामा बुझाएका हुन् ।

आफ्नै पार्टी्भित्रको साता लामो खटपटबीच उनको पार्टीले नयाँ सरकार बनाउन कसरत थालेपछि उनले राजीनामा दिएको बताइएको छ ।

९४ वर्षीय महाथिर र प्रधानमन्त्रीका आकांक्षी ७२ वर्षीय अनवार इब्राहिमबीच लामो समयदेखि राजनीतिक द्वन्द्व छ ।


प्रतिक्रिया दिनुहोस्