कोरोना भाईरसः विदेशबाट भारत आउने आफ्नै नागरिकलाई प्रवेश नदिने घोषणा « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

कोरोना भाईरसः विदेशबाट भारत आउने आफ्नै नागरिकलाई प्रवेश नदिने घोषणा



काठमाडौं । अमेरिकाले यूरोपियन देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छ । त्यस्तै भारतले मार्च १३ बाट लागु हुने गरी विदेशबाट भारत आउन खोजेका सम्पूर्ण आगमनलाई प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरस प्रकोपले महामारी रुप लिएपछि भारतले उक्त कठोर कदम उठाएको हो ।

भारतको यात्रा प्रतिबन्ध कोरोनाभाइरसको प्रसार रोक्न कुनै देशले लागु गरेको सबैभन्दा कठोर ‘यात्रा प्रतिबन्ध’ हो ।

अन्य देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाइरहेको समयमा भारतले विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रवेश नदिने घोषणा गरेको छ ।

निर्देशिकामा ‘भारतमा आउनै पर्ने अत्यावश्यक कारण भएकाका विदेशीले तिनको नजिकको भारतीय दुतावास वा वाणिज्य दुतावाससँग सरसल्लाह गर्न सुझाव दिइएको छ ।’

साथै, आफ्ना नागरिकलाई युरोप र अमेरिकाको भ्रमण नगर्न निर्देशन दिएको छ । यो प्रतिबन्ध अप्रिल १५ सम्म लागु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्