नेपालमै बन्छन् अन्तरराष्ट्रिय स्तरका पाइप तथा फिटिङ्स « Arthapath.com
२७ माघ २०७८, बिहीबार

नेपालमै बन्छन् अन्तरराष्ट्रिय स्तरका पाइप तथा फिटिङ्स



काठमाडौं। १० वर्ष अघिसम्म आयातित र पुरानो प्रविधिमा आधारित जि.आइ.पाइपले धानेको नेपालको पाइपिङ उद्योगले आजको दिन सम्म उल्लेखनीय प्रगति गरिसकेको छ । यस यात्रामा मंगलम् पाइप्सको नाम अग्रपंक्तिमा आउँछ । सन् २००९ मा स्थापना भई पि.भि.सि. पाइपको उत्पादनबाट आफ्नो औध्योगिक यात्रा शुभारम्भ गरेको मंगलमले शुरुवात देखि नै नेपाली बजारमा अन्तर–राष्ट्रिय गुणस्तरको उत्पादनहरु प्रदानगर्दै आइरहेको छ ।

देशमा आवश्यक निर्माण सामाग्री खास गरी पाइप्स र फिटिङ्स्, देशमै उत्पादन गर्न सफल हुनुलाई उद्योगको उल्लेखनीय उपलब्धिको रुपमा लिन सकिन्छ । त्यस्तै गरी स्थानीय रोजगारी र वातावरण मैत्री उत्पादन प्रकृयालाई पनि मंगलमले आफ्नो प्राथमिकतामा राखेको छ।

मंगलम ग्रुपले विगत १२ वर्ष देखि प्लम्बिङका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरू नेपाली बजारमा उत्पादन तथा वितरण गराउँदै आइरहेको छ । सन् २००९ देखि पाइप्स तथा फिटिङ्स उत्पादन गर्दै आइरहेको यस कम्पनीले नेपालमै पहिलो पटक सि.पि.भि.सि. पाइप उत्पादन एवम् वितरण गरेको थियो, जुन निकै लोकप्रिय छ । नेपाली निर्माण बजारमा लोकप्रिय पि.भि.सि.र सि.पि.भि.सि.को साथै मंगलमले निर्माण कार्यमा आवश्यक सम्पूर्ण पाइप्स र फिटिङ्सहरु नेपालमै उत्पादन गर्दै आइरहेको छ ।

नेपाली बजारको मागअनुसार नेपालमै उत्पादन गर्ने र आयात कम गर्ने उद्धेश्यले मंगलम्ले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–३, ढक्दैमा अर्को नयाँँ कारखाना खोलेर उत्पादन गरिरहेको छ ।हाल सम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको यस कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भैरहेका छन् । पुरानो कारखाना सिद्धार्थनगर भैरहवामा अवस्थित रहँदा–रहँदै पनि उत्पादन क्षमता बढाउन तथा अत्याधुनिक प्रविधिलाई नेपाल भित्र्याई नेपाली बजारमा अन्तरास्ट्रिय गुणस्तरको उत्पादन दिने परिकल्पनाका साथ् यो नयाँँ प्लान्टको स्थापना गरिएको कम्पनीले जनाएको छ ।

अत्याधुनिकर सुविधा सम्पन्न औजार तथा उपकरणहरु रहेको उद्योग लगभग ३ लाख वर्ग फिटमा फैलिएको छ । कारखानाको वार्षिक उत्पादन क्षमता १२,००० मेट्रिक टन रहेको छ । यो उद्योग पूर्णतया बिजुलीबाट चल्नुको साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योगभित्रै पूनःप्रयोग हुने हुनाले ध्वनी र अन्य वातावरणीय प्रदुषण पनि हुँदैन । यसमा एउटै युनिटबाट सिपिभिटि, पिभिटि, एचटिपिइ,वायरसेप लगायतका पाइप्सहरु उत्पादन हुन्छ । मंगलम् पाइप्स र फिटिङ्स सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्य एक हो ।


प्रतिक्रिया दिनुहोस्