शिवम् सिमेन्ट्सको नाफा २७.५३ प्रतिशत घट्यो, ईपीएस १९.६० रुपैयाँमा सिमित « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

शिवम् सिमेन्ट्सको नाफा २७.५३ प्रतिशत घट्यो, ईपीएस १९.६० रुपैयाँमा सिमित



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २७.५३ प्रतिशत घटेर ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८.१६ प्रतिशत बढेर ४ अर्ब ६० करोड ३१ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब २५ करोड ६९ लाख ९२ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

कम्पनीको कुल आम्दानी ७.५९ प्रतिशत बढेर ४ अबए ६१ करोड ६६ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ४ अर्ब २९ करोड ८ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल खर्च १४.५४ प्रतिशत बढेर ४ अर्ब ११ करोड १० लाख ३८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल खर्च ३ अर्ब ५८ करोड ९० लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

पौष मसामन्तसम्ममा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष ०.२३ प्रतिशत घटेर ४ अर्ब ५५ करोड ८० लाख ८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा घटेर १९ रुपैयाँ ६० पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसा रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ७७।६० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ५९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्