बुटवल पावरको मुनाफा ४७ प्रतिशतले घट्यो « Arthapath.com
२७ श्रावण २०७९, शुक्रबार

बुटवल पावरको मुनाफा ४७ प्रतिशतले घट्यो



काठमाडौं । बुटवल पावर कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४७ प्रतिशत घटेको छ ।

कम्पनीले अघिल्लो आवमा ५० करोड १८ लाख नाफा कमाएकोमा गत आवमा घटेर २६ करोड ३९ लाखमा झरेको हो । कम्पनीको प्रशासनिक खर्चमा पनि केही वृद्धि भएकाले पनि नाफामा प्रभाव परेको हो ।

कम्पनीले अघिल्लो आवमा विद्युत् विक्रीबापत ६४ करोड ६१ लाख आम्दानी गरेकोमा गत आवमा बढेर ७७ करोड ५० लाख पुगेको हो । गत आवमा कम्पनीको अन्य आम्दानी घटेकाले नाफा घटेको हो । कम्पनीको चुक्तापूँजी ३ अर्ब २४ करोड रहेको छ भने जगेडामा ३ अर्ब ७४ करोड सञ्चित गरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।

अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रहेकोमा गत आवमा घटेर ८ दशमलव १३ मा झरेको हो ।


प्रतिक्रिया दिनुहोस्