शिवम् सिमेन्ट्सको मुनाफामा गिरावट, कस्तो छ अन्य सूचक « Arthapath.com
३० श्रावण २०७९, सोमबार

शिवम् सिमेन्ट्सको मुनाफामा गिरावट, कस्तो छ अन्य सूचक



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ओरालो लागेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म शिवम् सिमेन्ट्सले ६८ करोड ९३ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद नाफा ५१ दशमलव २० प्रतिशत कम भएको हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा १ अर्ब ४१ करोडभन्दा बढी थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको कुल आम्दानी २ दशमलव १७ प्रतिशत घटेको छ भने कुल खर्च ८ दशमलव ४४ प्रतिशत बढेको छ । कम्पनीले ९ अर्ब ४५ करोडभन्दा बढी कुल आम्दानी गरेको छ भने ८ अर्ब ६३ करोडभन्दा बढी कुल खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोडभन्दा बढी रहेको छ ।

यो त्रैमासम्म आइपुग्दा कम्पनीको कच्चा पदार्थको खपत घट्दा विद्युत तथा उर्जा र अन्य शीर्षकमा हुने खर्च भने बढेको छ । कच्चा पदार्थको खपतमा भएको खर्च ४ अर्ब ४१ करोड रुपैयाँबाट घटेर ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यता, विद्युत तथा उर्जाको खर्च भने २ अर्ब १० करोड रुपैयाँबाट बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अन्य खर्च पनि ४ करोडबाट बढेर १९ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको शेयर प्रिमियममा ९५ करोड ६२ लाखभन्दा बढी र जगेडा कोषमा रू। ३ अर्ब ८७ करोडभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू। १५ दशमलव ६७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू। २०९ दशमलव ८२ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्