देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्धारा खोजीकार्य तिव्र « Arthapath.com
१३ चैत्र २०७९, सोमबार

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्धारा खोजीकार्य तिव्र



काठमाडौं । अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु विभिन्न नाकाहरुबाट भित्राईएकोे सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोवार गर्ने व्यक्तिहरुको खोजीकार्य जारी भइरहेको जनाएको छ ।

यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोवार गर्ने जडिबुटी स्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखु स्थितमाँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरी स्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङ स्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चाल कध्रुव सिङ चौहान लगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गरार्ई अबको दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाएको छ ।

यस्ता पार्टपुर्जाको प्रयोगले गाडिहरु अप्रत्याशित दुर्घटना भई ठुलो मात्रामा जनधनको क्षेति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ । साथै वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावीत भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् । यस्ता कुरालाई ध्यानमा राख्दै नेपाल प्रहरी र प्रशासनद्धारा काठमाण्डौ उपत्यका लगायत देशका मुख्यशहरहरु र पश्चिम तराईका जिल्लाहरुमा अवैध कारोवारमा संलग्न व्यक्तिहरुको व्यापक खोजी कार्य र कारबाहिलाई तिव्र बनाएको हो । यस प्रकारको कार्यमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा कारबाही हुने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्