नम्बर वान बन्ने प्रतिस्पर्धामा रहेका ग्लोबल, नबिल र एनआईसी एशिया बैंक कुन सूचकमा कुन बैंक बलियो ? « Arthapath.com
८ बैशाख २०७९, बिहीबार

नम्बर वान बन्ने प्रतिस्पर्धामा रहेका ग्लोबल, नबिल र एनआईसी एशिया बैंक कुन सूचकमा कुन बैंक बलियो ?



काठमाडौं । नबिल, ग्लोबल र एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वाणिज्य बैंकमा यी ३ बैंकहरुबीच ब्यापक प्रतिस्पर्धा छ । आफूलाई एक नम्बरको बैंक बनाउनको लागि यी ३ बैंकबीच प्रतिस्पर्धा भईरहेको छ । अन्य बैंकहरु पनि प्रतिस्पर्धामा छन् तर पनि यी ३ बैंकबीच हुने प्रतिस्पर्धालाई सबैले चासको रुपमा लिईरहेका हुन्छन् ।

खुद नाफा

नबिल बैंकको खुद नाफा ८.९१ प्रतिशत घटेर ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ ।

एनआईसी एशिया बैंकको खुद नाफा १९.९६ प्रतिशत बढेर ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ ।

ग्लोबल आइएमई बैंकको खुद नाफा ४.१३ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ ।

खुद ब्याज आम्दानी

नबिल बैंकको खुद ब्याज आम्दानी २९.३० प्रतिशत बढेर ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ ।

एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी २५.४२ प्रतिशत बढेर ८ अर्ब २५ करोड ८४ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ ।

ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी ८.२९ प्रतिशत बढेर ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ ।

चुक्ता पूँजी, जगेडा कोष, निक्षेप संकलन र कर्जा प्रवाह

नबिल बैंकको चुक्ता पूँजी ३३.६० प्रतिशत बढेर १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ, जगेडा कोष १६.५६ प्रतिशत घटेर १६ अर्ब ६९ करोड ९३ लाख १६ हजार रुपैयाँ, निक्षेप संकलन ४.८१ प्रतिशत बढेर २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार रुपैयाँ र कर्जा १२.१० प्रतिशत बढेर २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

एनआईसी एशिया बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ, जगेडा कोष २५.९६ प्रतिशत बढेर ९ अर्ब ७४ करोड ९३ लाख ५५ हजार रुपैयाँ, निक्षेप ३.१९ प्रतिशत बढेर २ खर्ब ९६ अर्ब १७ करोड ६१ लाख ६८ हजार रुपैयाँ र कर्जा ३.५८ प्रतिशत बढेर २ खर्ब ५७ अर्ब ६७ करोड ९१ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई बैंकको बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर २३ अर्ब ७९ करोड ५७ लाख ७३ हजार रुपैयाँ, जगेडा कोष २१.६१ प्रतिशत बढेर ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ, निक्षेप संकलन ०.२४ प्रतिशत बढेर २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख ५९ हजार रुपैयाँ र कर्जा १३.८० प्रतिशत बढेर २ खर्ब ६० अर्ब २० लाख ९६ हजार २९ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन मुनाफा र वितरणयोग्य मुनाफा

नबिल बैंकको वितरणयोग्य नाफा २ अर्ब १६ करोड ७५ लाख २१ हजार रुपैयाँ र सञ्चालन नाफा ८.७५ प्रतिशत घटेर ४ अर्ब ७८ करोड २४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंकको सञ्चालन मुनाफा १६.३३ प्रतिशत बढेर ५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ३८ करोड ४५ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई बैंकको सञ्चालन मुनाफा २.७३ प्रतिशत बढेर ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र पिई रेसियो

नबिल बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४७ पैसा घटेर २४ रुपैयाँ १६ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८२ गुणा रहेको छ ।

एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७ पैसा बढेर ४१ रुपैयाँ ९४ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी २०.०७ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी १.१७ रुपैयाँ घटेर २० रुपैयाँ ८८ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४९.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १४.३५ गुणा रहेको छ ।

AMT (000)


प्रतिक्रिया दिनुहोस्