विदेशी स्रोत ल्याएर अझै सस्तोमा कर्जा दिन्छौं « Arthapath.com
१७ असार २०७९, शुक्रबार

विदेशी स्रोत ल्याएर अझै सस्तोमा कर्जा दिन्छौं



  • सेयर बजार घट्ने एउटै कुराले मात्रै हैन । 
  • मेरो वाणिज्य बैंकको पहिलो इनिङ सक्सेस भयो । 
  • कहिले पनि पूरा दरबन्दी राखेर काम गर्न पाइन्न । 
  • राष्ट्रिय वाणिज्य बैंकलाई अरू कुनै बैंकले जित्नै सक्दैन 
  • विभिन्न आस्थाका ट्रेड युनियनलाई मैले कहिल्यै विभेद गरिनँ । 
  • सबैभन्दा सस्तो कर्जा भएको नै हाम्रै बैंक हो । 
  • अरू बैंक गाभिएर ठूला बनेका र हामी एक्लै उभिएका हौं । 

किरण कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड 

साँढे ६ वर्ष बैंकको नेतृत्व दिनुभयो, सरकारसमक्ष गर्नुभएको प्रतिवद्धता पूरा गर्नुभयो ?

पहिलो कार्यकाल मेरो ४ वर्षको थियो । त्यसबेला मैले बनाएको बिजनेश प्लान थियो त्यो पूरा गरेकै हो । मेरो वाणिज्य बैंकको पहिलो इनिङ सक्सेस भयो । दोस्रो कोरोनाकै टाइममा मेरो कार्यकाल थप भएको थियो । कोरोना सुरु हुनुभन्दा अगाडि दोस्रो कार्यकालको बिजनेश प्लान बन्यो । कार्यान्वयन गर्ने बेलामा कोरोनाको चपेटा आइलाग्यो । त्यसले मैले सोचे जति काम गर्न सक्ने स्थिति बनेन । हामीले बनाएको प्लानमा यसअघि सतप्रतिशतको ग्रोथ थियो त्यति नै प्राप्त हुन् नसके पनि केही कमी आएकै हो । वाणिज्य बैंकले अन्य बैंकले झै गर्ने डिपोजिट लिने लोन दिने बाहेक अरू थुप्रै काम गर्नुपर्छ । बैंकिङबाहेक अन्य ४ वटा कमलाई मैले फोकस गरेको छु । हामीले यसबीचमा ग्रोथ भएको बिजनेशलाई स्थायित्व दिने । संख्यात्मकभन्दा पनि गुणात्मकमा कर्जामा ध्यान दिने । अहिले आरबिबिको एनपीए बढी छ । 

दोस्रो हामीले गरिरहेको बिजनेश परम्परागत भयो । अहिले बजारमा आएको बिजनेश प्रक्रियालाई छिटो छरितो गर्न लागिपरेका छौं । 

तेस्रो कुरा पहिले हामी म्यानुअलमा हामीले बैकिङ सेवा दिइरहेका थियौं । अहिले कम्प्युटर स्टममा गयौं । अन्य बैंकहरू फुल्ली आईटी स्टमबाट चलिरहेका छौं । आईटीमा परिवर्तन गर्न सफ्टवेयर चेन्ज गर्न आईटी रिप्लेसमेन्ट प्लान पेश गरेका छौं । 

चौथो कुरा हामीसँग धेरै अचल सम्पत्तिहरू छन् । ती सम्पत्तिहरू पूरा प्रयोग गर्न सकिरहेका छैनौं । कतिपय प्राइम प्रोपर्टीहरूबाट कसरी बैंकको आम्दानी उत्पादकत्व बढाउन सकिन्छ भन्ने कुरामा लागिपरेका छौं । यी ४ कुरा मेरो कार्यकालको मुख्य एजेन्डामा परेको छ । आईटीको काम १८ महिनापछिमात्रै देखिन्छ । हामीले बनाएको प्लान तत्कालै रिजल्ट देखिने काम होइन । बैंक सुधार ल्याउन थालेका लामो समयको प्लान हुन् यी । 

नेपाल बैंकमा खासै काम गर्न नसकेको मान्छे वाणिज्य बैंकमा कसरी सफल हुनुभयो ? 

नेपाल बैंकमा सीईओको रुपमा मैले काम गर्न पाइन् । जीएम मात्रै थिए । त्यहाँ म्यानेजमेन्टको मात्रै पार्टमा थिए भने सीईओको रोलमा म थिइन । त्यहाँ धेरै सुधारका काम भएका छन् । राष्ट्रिय वाणिज्य बैंक आफैमा प्रचुर सम्भावना भएको बैंक हो । यहाँको रिसोर्सहरूलाई उपयोग गर्न सकिएको छैन । ५६ प्रतिशतको सिडी रेसियो कति ठूलो ग्याप रहेछ । म आउँदा ८४ अर्व कर्जा थियो । त्यसलाई २ खर्व ३० अर्व पुर्याउँदा कति प्रतिशत बढ्यो । आजको दिनमा ८८–८९ मा छ यो बैंकको सिडी रेसियो । एनपीए ५ प्रतिशतभन्दा माथि भएकोलाई ३ प्रतिशतभन्दा कममा ल्याएका छौं । पछिल्लो सयम योङ इर्नजेटिभ कर्मचारीको कारण पनि बैंक सफल भयो । 

तपाईंले गर्न खोजेको गर्न नसकेको काम के हो ? 

मलाई जहिले पनि खल्लो लागेको तितो अनुभव भनेको मैले कहिले पनि पूरा दरवन्दीअनुसारको कर्मचारी राखेर काम गर्न पाइन । कर्मचारी भर्नामा जहिल्यै मुद्दा परेर कर्मचारी पूरा दरवन्दीअनुसार काम गर्न सकेनौं । अहिले पनि हामीले ८ सय ३६ जना नयाँ कर्मचारी विज्ञापन गरेका छौं । २ वर्ष अगाडि ती कर्मचारी लिन पाएको भए हामीले चाहेअनुसार काम हुन्थ्यो । 

राष्ट्रिय वाणिज्य बैंकले प्रविधिलाई महत्व नदिएको हो ? 

हामी सरकारी बैंक भएको हुनाले टेक्नोलोजी चेन्ज गर्न खोजेको २ वर्ष भयो । विभिन्न प्रक्रिया पूरा गर्न डेढ वर्ष लाग्यो । अझै मुद्दा परेको छ । राष्ट्रिय बाणिज्य बैंक सरकारी बैंक हुनुको नाताले केही जिम्मेवारीहरू पनि भएका कारण हामीले अरूतिर पनि ध्यान दिनुपर्छ । यद्यपि, हामी व्यावसायिक कमर्शियल बैंक पनि हौं । प्रविधि स्थापनाको कुरामा पनि निजी बैंकजस्तो हामीलाई सहज र छरितो बनाउन गाह्रो छ । यसैले पनि केही समय पक्कै लाग्छ । 

तपार्ईंको बैंकभित्र एक पक्षीय संगठनका कर्मचारीलाई मात्रै च्यापेको आरोप छ नि ? 

त्यो आरोप बिलकुल गलत हो । किनभने मैले अघि पनि भने सबैभन्दा बढी गर्व गर्ने विषय भनेको विभिन्न आस्थाका ट्रेड यूनियनहरूलाई मैले कहिल्यै पनि विभेद गरेको छैन् । कुनै पनि आस्थाका आधारमा । हामीकहाँ कामको आधारमा पक्कै पनि मूल्याङ्कन हुन्छ । यो राम्रो काम गर्ने, यो नराम्रो काम गर्ने, यो उत्कृष्ठ, यो कम उत्कृष्ठ भन्ने हुन्छ । तर, विचारको आधारले हेर्दा एकपक्षिय हुने हुनाले यो कुरा एकदमै होइन । यो कुरा तपार्ईंले ट्रेड युनियनलाई भेटेर बुझ्न सक्नुहुन्छ । 

कर्मचारी यूनियनका तीनैजना अध्यक्षलाई वा महासचिवलाई भेटेर यो आरोप यस्तो छनी सीईओको भन्नु भो भने तीनैवटाको उत्तर एउटै आउँछ लाग्छ । किनभने म त ब्यवस्थापक हो नी । म ब्यवस्थापक भइसकेपछि ब्यवस्थापकको धर्म भनेको भएको जति पनि जनशक्ति छ त्यसलाई एकदमै फुल यूटिलाइज गर्ने हो । बिना पक्षपात हुनुपर्यो । उनीहरूले हेपिएको अथवा आफूलाई अर्काे किसिमको ब्यवहार गरेको भन्ने देखिनुभएन । त्यसैले यो छैन् र होइन । 

सरकारी कोष चलाउने बैंकले हो, तर यसले ग्राहकलाई कर्जा दिँदा किन महंगो भएको हो ? 

यसको पनि तथ्यबाट हेरौं । हामी अहिले डिपोजिटमा जुन ब्याज दिन्छौ, त्यो डिपोजिटमा दिने ब्याज, जुनसुकै प्रोडक्ट हेर्नस्, सेभिङ एकाउण्ट, स्पेशल सेभिङ एकाउण्ट, मुद्दती खाता, कल डिपोजिटलगायत सबैको ब्याज अरू बैंकको सरह छ । कर्जाको ब्याज दिने कुरामा सबैभन्दा सस्तो भएको बैंक यही हो । हाम्रो अहिले कुनै पनि ब्याजहरू ११ प्रतिशतभन्दा बढी छैन । सबैभन्दा महंगो ब्याज ११ प्रतिशत हो । यो तुलनामा अरू बैंकहरूको धेरै माथि गइसकेको छ । 

हाम्रो कस्ट अफ फण्ड र बेस रेट कम भएको हुनाले यो सुविधा छ । इण्डष्ट्रिमा स्टाण्र्डर्ड चार्टर्ड बैंक र हाम्रो बैंक सबैभन्दा कम व्याज भएको बैंकमा पर्छाैं । हाम्रो बेस रेटको आधारले हेर्दा हाम्रो अधिकतम् प्रिमियम कम हुनाले हामी सस्तो छौँं । अरू बैंकहरूभन्दा धेरै नै सस्तो छ । 

निजी बैंकको तुलनामा सरकारी बैंकले जनताले सहुलियत दिनुपर्ने होईन ? 

सहुलियत छ । एकदमै सहुलियत छ । तुलना गरेर हेरे हुन्छ । हाम्रोमा कर्जाको मागहरूको चापलाई हेरे हुन्छ । हाम्रा शाखाहरूमा बुझे हुन्छ । 

बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या कहिलेसम्म रहला ? 

पहिले यस्तो समस्या अस्थायी प्रकृतिको हुन्थ्यो । यो प्रायः २–३ महिनामात्रै रहन्छ र त्यसपछि पुस–माघबाट यो नर्मल भएर जान्थ्यो । किनभने पूर्वाधारमा भएको खर्च बढेर जान्छ भन्ने लगायतका कुराहरूले यो सहज हुन्छ भन्ने थियो । तर यसपटक त्यो खालको स्थिति बनेन । यो अहिलेसम्म पनि अक्षर उत्तिकै छ । पहिलाको हामीले अनुमान गरेका जुन चक्रहरू छन्, त्योभन्दा अहिलेको फरक छ । त्यसको मूल कारण आयातको कारण हो । रेमिट्यान्स आउने कुराहरू पर्पर बैंकिङ्ग च्यानलबाटमात्रै नआएर अन्यत्रबाट आउने कारण पनि हुनसक्छ । अहिले पनि जुनढंगले पूर्वाधारमा पुँजीगत खर्च हुनुपर्ने हो त्यो पनि अपेक्षितरुपमा हुन् सकेको छैन् । त्यसैले यति नै समय ठ्याक्कै भन्न सकिन्न ।

बैंकहरूले सेयर कर्जा रोकेकाले बजार धेरै ओरालो लागेको भन्छन्, यस्तै अवस्था कहिलेसम्म रहला ? 

सेयर बजार घट्ने एउटा कुराले मात्रै हुँदैन् । धेरै नै यसका कम्पोनेन्टहरू हुन्छन् । मार्जिन लोन नदिनाले पनि घटेको हुनसक्छ । तर, यतिमात्रै कारण होइन । सेयर कर्जासम्बन्धी जुन नीतिहरू छन् । ४–१२ को नीतिले गर्दा टाइट गर्नुपर्ने बैंकरको स्थिति छ । बैंकरहरू उत्पादनशिल क्षेत्रमा नै अथवा अरू अनिवार्य लगानी गर्नुपर्ने क्षेत्रहरूमा पनि लगानी गर्नुपर्ने कारणले पनि फण्डको कमी छ । फण्डको कमी भएपछि यो क्षेत्रमा जति लगानी गर्नुपर्ने हो, त्यति लगानी गर्न सकेको स्थिति छैन् । 

राष्ट्रिय वाणिज्य बैंकको नयाँ प्लान के छ ?

अहिले हामी नयाँ बजेट बनाउँदैछौँ । बजेट बनाउँद हामी जुनढंगले कर्जाको मागहरू आइरहेका छन्, त्यो मागलाई पनि हेर्छाैं । सबैभन्दा चाहिने रिसोर्सेस हो । रिसोर्स भनेको डिपोजिट, लगानीयोग्य फण्डहरू के गर्ने भन्नेमा छ । अब हामी डिबेञ्चर पनि निकाल्दै छौँ । एकचोटि पहिला निकाल्यौ ।

बैदेशिक स्रोतबाट पनि फण्ड जुटाउने योजना बनाइरहेका छौं । डिपोजिट बढाउनका लागि अन्य जहाँ बैंक पुगेको छैन, त्यहाँ वित्तीय साक्षरतालगायतको कार्यक्रम गरेर अलि पहुँच वृद्धि गरेर जाने भन्ने छ । ग्रामीण जनताहरूमा अलिकति बचत गर्ने बानी, घरमा पैसा राख्नुहुन्न, बैंकमा राख्नुपर्छ भन्नेछ । हामी स्रोत जुटाउनेमा निक्षेपको वृद्धि गर्न जनचेतना वृद्धि गर्ने, पहुँच बढाउने ।

यसलाई एट्राक्सन गर्नको निम्ति निक्षेपमा ल्याउनका लागि त्यस्ता कार्य गर्ने । बैदेशिक स्रोतहरू खोजी गर्ने, डिबेञ्चर जारी गर्नेलगायतका कामहरू हामीले गर्नेछौं । हामी कर्जा प्रवाहमा पनि स्रोत भइसकेपछि राम्रो ढंगले जाने योजना छ । अहिले हामीलाई प्रोफिटमा चाप परिरहेको छ, त्यो प्रोफिटको चापलाई आगामी वर्षमा पूर्ति गर्नेछ ।

अघिल्लो वर्ष सरकालाई दिएको लाभांश घट्ने ट्रेण्डमा छ, यो घट्ने हो कि बढ्ने हो ?

अब बढ्दैन् । गतवर्ष जुनढंगले दिएका छौं, त्यो नै कायम हुन्छ भन्ने हाम्रो आशा छ । 

विदेशी स्रोत ल्याएर अझै सस्तोमा कर्जा दिन्छौं

पछिल्लो अवधिमा बैंकहरूमा मर्जर तिव्र भएको छ । बीचमा अलि सुस्त भएको थियो, पछि आएर तिव्र भएको छ । त्यसले स्वभाविकरुपले बैंकहरू ठूलो भएका छन् । हिजो ठूलो बैंक भन्थ्यौं । अब हामी क्रमशः पछि आउने अवस्था बन्दैछ । किनभने ठूल–ठूला बैंकहरू मर्जर हुन् लागेका छन् । अरू पनि थपिनेवाला छन् । विकास बैंकहरू पनि बैंकहरूमा गाभिएको स्थिति छन् । फाइनान्स कम्पनी कतिपय गाभिएका छन् । हामी एक्लै ठिङ्ङ उभिँदा ठूलो भयो भनेर भन्नु त भएन । हामीलाई मानसिकरुपमा पनि प्रेसर हुन्छ । मनोबैज्ञानिकरुपमा पनि प्रेसर हुन्छ । हाम्रो त यत्रो साइज थियो, हामी ठूलो बैंक भन्दैआएका थियौं । सरकारको ३वटा बैंकहरू भएको हुनाले एउटा फिलोसोफिकल (वैचारिक) खालको विषय पनि छ । कमसेकम पनि सरकारको एउटा पूर्ण स्वामित्वको बैंक हुनुपर्छ । ताकि सरकारले आफ्नो नीति कार्यक्रमहरू केही गर्न पर्यो भने त्यस्तो अवस्थामा हाम्रो बैंकहरूमार्फत गर्नुपर्छ भन्नेछ । 


प्रतिक्रिया दिनुहोस्