वङगलादेशमा लघुवित्त कार्यक्रमको अवस्था र नेपालले सिक्नुपर्ने पाठ « Arthapath.com
२९ कार्तिक २०७९, मंगलवार

वङगलादेशमा लघुवित्त कार्यक्रमको अवस्था र नेपालले सिक्नुपर्ने पाठ



पृष्ठभूमि
विश्को सवैभन्दा लामो प्राकृतिक समुन्द्रको किनार भएको दक्षिण एसियामा अवस्थीत देश हो वंगलादेश । १ लाख ४८ हजार ४ सय ६० वर्गकिलोमिटर क्षेत्रफल भएको वंगालादेशमा १६ करोड ६१ लाख ५८ हजार ६ सय १६ जना मानिसहरु वसोवास गर्दछन । त्यहाँको प्रमुख पेशा व्यवसाय भनेको कृषि,उद्योग र सेवा क्षेत्र हुन ।

वैंकिङ क्षेत्रमा लघुवित्त विधा सवै भन्दा पछिल्लो चरणमा आएको विधा तथा क्षेत्र हो । विषेश गरि लघुवित्तका पिता समेत भनेर चिनिने वंगालादेशका प्रोफेसर डा. मोहम्मद युनुसले सन् २००६ मा नोवेल पुरस्कार प्राप्त गरेपछि यो लघुवित्त विधाले अविकसित र विकाशिल देशहरुमा व्यापक चर्चा परिचर्चा तथा महत्व पाएको हो । अनौपचारिक रुपमा विश्वमा लघुवित्त कार्याक्रम विविध स्वरुपमा पहिलेदेखिनैै सञ्चालनका आएतापनि वंगलादेशमा सन् १९७६ मा प्राध्यापक मोहम्मद युनुसले अनुसन्धान गरि सन् १९८३ मा ग्रामिण वैंकको स्थापना भए पश्चात औपचारिक रुपमा शुरु भएको हो भने हाल वंगलादेशमा ५९९ वटा संस्थाले लघुवित्त कार्याक्रम सञ्चालन गर्न अनुमति लिई करिव ३ करोड विपन्न वर्गका समुदायका सदश्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान भएको देखिन्छ भने जशको नियमन तथा सुपरिवेक्षण वंगालादेशको केन्द्रिय वैंक Microcredit Regulatory Authority(MRA) ले गर्दै आएको छ भने ग्रामिण वैंकको Grameen Bank Ordiance1983 अनुशार सञ्चालित छ ।

वगांलादेशको ग्रामिण वैंकको September 6,2022 सम्मको मासिक रिर्पोट

बंगालादेशमा लघुवित्तले प्रदान गर्ने सेवाहरु
लघुवित्तको देश बंगलादेश वाट प्रतिपादित चर्चित मोडेल हाल विश्वका ६ महादेशका नेपाल सहित १७५ देशमा यो मोडेल अनुशार लघुवित्त कार्याक्रहरु सञ्चालन भईरहेका छन् । मोडेल एउटै भएपनि कार्याक्रमको प्रकृती फरक रहेको पाईन्छ जशलाई निम्न शिर्षकमा उल्लेख गरिएको छ

१. कर्जा सेवा
वंगलादेशको लघुवित्त नियमनकारी निकाय Microcredit Regulatory Authority(MRA) ले कर्जाको व्याजदर अधिकतम २७% तोकेता पनि कर्जाको प्रकार अनुशार निम्न व्याजदर रहेको छ

२. वचत सेवा


३.कर्जा विमा सेवा
ग्रामिण वैंको नियम अनुशार लगानीमा रहिरहेको कर्जाको ३% यो कोषमा जम्मा गर्नुपर्ने र सो वापत सदश्य र निजको पतिको मृत्युमा पुरै कर्जा मिनाह हुने व्यवस्था छ भने IDF(Intergrated Development Foundation) रहिरहेको कर्जाको ०.५% प्रिमियम शुल्क जम्मा गरे वापत पति र सदश्यको निधनमा कर्जा मिनाह हुने सुविधा रहेको छ ।

४. स्वास्थ्य कार्याक्रम
स्वास्थ्य कार्याक्रम अन्र्तगत त्यहाँका लघुवित्तले आफ्नो सेवा क्षेत्रका समुदाय र सदश्यका लागि विशेषज्ञ सहितको स्वास्थ्य केन्द्र स्थापना गरि हरेक महिना अनिवार्य घरदैलोमा गई स्वास्थ्य सेवा उपलव्ध गराईरहेका छन् । यसका साथै औसधी खरिद खर्चको लागि २००० टाका र भर्नाभई उपचार गराएमा सोहि अनुशार खर्च उपलव्ध गराईरहेका छन् ।

५. शैक्षिक कार्याक्रम
गरिव विपन्न वर्गका छोराछारी लाई शिक्षाको स्तर हेरी हरेक महिना १५० देखि ५०० टाका सम्म छात्रवृदिको व्यवस्था गरिएको छ जशका कारण गरिव जेहेन्दार विद्यार्थीलाई शिक्षा प्राप्तिमा मद्दद पुगेको छ भने त्यस्तै वालश्रम, गरिव, स्कूल जान नसकेका तथा औपचाकि शिक्षावाट वञ्चित वालवालिकाहरुलाई उनिहरुको टोलमा नै प्रौढ शिक्षाको व्यवस्था गरि साक्षर अभियान सञ्चानल गरिरहेका छन् ।

६.एक कर्मचारी एक विपन्न कार्याक्रम
विषेशगरि शाखा तथा इलाका कार्यालयमा कार्यारत कर्मचारीहरु सवैले हरेक वर्ष एक जना अति विपन्न गरिव, भिकारीलाई जिम्मा लिई प्रत्यक्ष निगरानीमा निजको आर्थिक अवस्था सुधार गरि जिवनस्तर सुधार्न सहयोग, उत्प्रेरणा दिई गरिवीको दुशचक्रवाट वाहिर ल्याउने काम गरिएको छ ।

७.अन्य कार्याक्रमहरु
गाउगाउमा कृषि प्राविधिकको व्यवस्था गरि किसानहरुलाई सल्लाह प्रदान गर्ने, इन्जिनियरको व्यवस्था गरि विकासका पूर्वधारहरु निर्माण गर्ने,यूवा लक्षित कार्याक्रमहरु सञ्चालन गर्ने, सिप विकास तालिम गर्ने जस्ता निकै आधारभुत तथा लोकप्रिय कार्याक्रमहरु लघुवित्तले नै सञ्चालन गदैै आएका छन् ।

बंगलादेशको लघुवित्त कार्याक्रमवाट नेपालले सिक्नुपर्ने पाठ

+बंगलादेशमा लघुवित्त कार्याक्रमहरु ग्रामिण भेगका लक्षित वर्गमा सञ्चालित छन भने अधिकांश लघुवित्तका केन्द्रिय कार्यालय, क्षेत्रिय कार्यालय र शाखा कार्यालयहरु आफ्नै भवनमा सञ्चालित छन् ।
+ग्रामिण वैकले आफ्ना सदश्यहरुलाई ७५% शेयर प्रदान गर्नुका साथै गत वर्पको नाफावाट ३०% लाभांश वितरण गरेको छ र सञ्चालक वोर्डमा वहुमत सदश्यहरुको प्रतिनिधित्व रहेको छ जशका कारण अपनत्वको भावना विकास भएको छ ।

+ त्यहाँका लघुवित्तहरुले सामाजिक वैकिङ लाई पहिलो प्राथमिकता मा राख्दै जश अन्र्तगत आधारभुत आवश्यकता शिक्षा र स्वास्थ्यका कार्याक्रमहरु प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।

+ग्रामिण वैंकका १०१५७५९० जना सदश्यहरुवाट २ खर्व ३३ अर्व १६ लाख वचत संकलन गरि १ खर्व ४६ अर्व ७१ लख कर्जा लगानी भएको छ जशवाट संस्थाको आन्तिरिक श्रोतवाटनै पूँजी परिचालन भई लगानी पनि सुरक्षित देखिन्छ ।

+ वगंलादेशमा संस्था वाट उपलव्ध कर्जाले भरपुर सदुपयोग गरि एउटै परिवारले वहुव्यवसाय माछापालन, तरकारी खेति र गाईपालन व्यवसायिकरुपमा सञ्चालन गरेर आम्दानी वढाई जिवनस्तर सुधारेको देखिन्छ ।

+ तहगतरुपमा चुस्त दुरुस्त निरिक्षण र सुपरिवेक्षण गरि कर्मचारी लाई विभिन्न तालिम, वृति विकासका अवशरहरु उपलव्ध गराई कर्मचारीको उत्पादकत्व वढाईएको छ ।

+ एक कर्मचारी एक विपन्नवर्ग कार्याक्रमले हरेक वर्ष गरिवी न्यूनिकरण गर्न मद्दत पुगेको छ ।

(यो आलेख September 2022 मा लेखक स्वयंमको बंगालादेशको लघुवित्त अध्ययन तथा अवलोकन भ्रमणबाट प्राप्त अनुभव र सिकाईमा केन्द्रित छ ।)


प्रतिक्रिया दिनुहोस्