शेयर खरिद गर्ने हो ! प्राइम कमर्सियल बैंकले ल्याएको छ बिक्रीमा « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

शेयर खरिद गर्ने हो ! प्राइम कमर्सियल बैंकले ल्याएको छ बिक्रीमा



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाइको छैन ।

बैंकको उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति –मंसिर १९ गते) ले १५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न सक्नेछन् ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदैं शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र शेयर खरिदका लागि विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेकाले उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रmित्रया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्