सिभिल बैंकको ग्राहक हुनुहुन्छ, एनटीसीको सिम प्रयोग गरी मोबाइल बैंकिङ निशुल्क चलाउनुहोस् « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

सिभिल बैंकको ग्राहक हुनुहुन्छ, एनटीसीको सिम प्रयोग गरी मोबाइल बैंकिङ निशुल्क चलाउनुहोस्



काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले सिभिल बैंकको मोबाइल बैंकिङ एप निशुल्क चलाउन मिल्ने व्यवस्था गरेको छ । मोबाइल बैंकिङ एप निशुल्क चलाउन मिल्ने व्यवस्थामा टेलिकम र बैंकबीच सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा बैंकका चिफ बिजिनेस भोलाबहादुर विष्ट र नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले हस्ताक्षर गरेका छन् । पुस १ गतेदेखि टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एप मार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायतका फिचर निस्शुल्क उपयोग गर्न पाउनेछन् ।

बैंकका अनुसार हाल बैंकको एप प्रयोगकर्ताको संख्या साढे ४ लाखभन्दा बढी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्