छुट्नु होला है, प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२९ मंसिर २०७९, बिहीबार

छुट्नु होला है, प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । प्रभु बैंकको लाभांश सुुुरिक्षत गर्ने आज (मंसिर २९ गते) ले अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा आयोजना गरेको छ ।

सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहानको ९ बजे शुरू हुनेछ । साथै, सभामार्फत प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव परित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्