कामना सेवा विकास बैंकका ग्राहकहरुलाई ब्लु बर्ड इन्टरनेशनल क्लिनिमा १० प्रतिशत छुट « Arthapath.com
२२ असार २०८०, शुक्रबार

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई ब्लु बर्ड इन्टरनेशनल क्लिनिमा १० प्रतिशत छुट



काठमाडौं । कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रालिबीच असार २१ गते सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले काठमाडौं वडा नं – ११, त्रिपुरेश्वर स्थित ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रालिले प्रदान गर्ने डाक्टर परामर्श शुल्क बाहेक अन्य सेवाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्