कुमारी बैंकका आधा दर्जन संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख कित्ता बढी सेयर बिक्रीमा « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

कुमारी बैंकका आधा दर्जन संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख कित्ता बढी सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले ६ जना संस्थापकहरुको नाममा रहेको ६ लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ। बैंकले राजन प्रसाद अमात्यको नाममा रहेको ४ लाख कित्ता, सुदेशना कर्मचार्यको नाममा रहेको ९२ हजार ३५४ कित्ता, शशी कार्कीको ८६ हजार ७ कित्ता, मनोजसिंह भण्डारीको २७ हजार ६४९ कित्ता, महेश सिंहको १७ लाख ९६६ कित्ता र सुलोचना भण्डारीको नाममा रहेको १७ हजार ३०८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम नै हुनेछ ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, नागपोखरी काठमाडौंमा आइपुग्ने गरि दिनुपर्ने छ ।

तोकिएको उक्त समयमा विद्यमान संस्थापकहरुले आवेदन नदिएको खण्डमा भने अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्