सहकारी संस्थाको सेयर पुँजी सवा ९४ खर्ब, कोपोमिसमा १४ हजार ८२ सहकारी आवद्ध « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

सहकारी संस्थाको सेयर पुँजी सवा ९४ खर्ब, कोपोमिसमा १४ हजार ८२ सहकारी आवद्ध



काठमाडौं । नेपालमा सहकारी संस्थाहरुको संख्या ३१ हजार बढी छन् । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार गत फागुन मसान्तसम्ममा सहकारीको संख्या ३१ हजार ३७३ वटा पुगेको छ । यस्तै, सेयर सदस्यको संख्या भने ७३ लाख ८१ हजार २१८ र सेयर पुँजी ९४ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

सहकारी क्षेत्रमा ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ बचत परिचालन भई ४ खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
फागुन मसान्तसम्ममा सहकारी क्षेत्रमा ९३ हजार ७७१ प्रत्यक्ष रोजगार रहेको छ ।

सहकारी गतिविधिलाई विश्वासनीय र पारदर्शी बनाउन एमव् एकीकृत तथ्याङ्को लागि विकास गरिएको अनलाईन प्रविधिमा आधारित सहकारी तथा गरिवी सूचना व्यवस्थापन प्रणाली मा १० हजार ८४१ सहकारी आवद्ध भएका छन् । यस आर्थिक वर्षको फागुनसम्म थप ३ हजार २४१ आवद्ध भएका हुन् । हालसम्म भने १४ हजार ८२ सहकारीहरु यस्तो प्रणालीमा आवद्ध भएका छन् ।


प्रतिक्रिया दिनुहोस्