महालक्ष्मी विकास बैंकले बचत खातामै मुद्दति सरहको ब्याज दिने, कुन खातामा कति ब्याजदर तोक्यो ? « Arthapath.com
२९ माघ २०८०, सोमबार

महालक्ष्मी विकास बैंकले बचत खातामै मुद्दति सरहको ब्याज दिने, कुन खातामा कति ब्याजदर तोक्यो ?



काठमाडौं । महालक्ष्मी विकास बैंकले बचत खातामै मुद्दति सरहको ब्याज दिने भएको छ । बैंकले फागुन १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर प्रकाशित गरेको छ । सोही अनुसार बैंकले बचतमै मुद्दति निक्षेप सरहको ब्याज प्रदान गर्ने भएको हो ।

फागुन महिनाका लागि बैंकले व्यक्तिगत निक्षेप तर्फ अधिकतम ८.४० प्रतिशत र संस्थागत तर्फ ६.४० प्रतिशत ब्याज दिने भएको छ । यता, रेमिट्यान्स तर्फ भने बैंकले ७.७५ प्रतिशतदेखि ९.५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

तर, बैंकले बचत खातामा पनि ६.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल संचालनमा ल्याएको विभिन्न बचत खातामा अधिकतम ६.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।

बचतमा बैंकले मासिक, त्रैमासिक रुपमा ब्याज प्रदान गरिने जनाएको छ। बैंकले सबैभन्दा धेरै महालक्ष्मी समृद्धि बचत खाता र स्टाफ तलबी खातामा ६.५० प्रतिशत ब्याज दिने भएको हो । यसबाहेकका अन्य बचत खातामा पनि बैंकले ४.५० प्रतिशत ब्याज दिने जनाएको छ ।

कुन खातामा बचत गर्दा कति पाइन्छ ब्याज ?

Interest-Rate-Falgun


प्रतिक्रिया दिनुहोस्