प्रोगेसिभ फाइनान्सको सेयर बिक्रीमा, कसरि दिने आवेदन ? « Arthapath.com
२८ भाद्र २०८०, बिहीबार

प्रोगेसिभ फाइनान्सको सेयर बिक्रीमा, कसरि दिने आवेदन ?



काठमाडौं । प्रोगेसिभ फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ २८ गते) ले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय तीनकुने काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्