ग्रामीण विकास लघुवित्तको सीईओमा श्याम कटुवाल नियुक्त « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

ग्रामीण विकास लघुवित्तको सीईओमा श्याम कटुवाल नियुक्त



काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् । वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले कटुवालालाई संस्थाकोे सीईओमा वैशाख १४ गतेदेखि लागू हुने नियुक्त गरेको हो ।

कटुवालको कार्यकाल आगामी चार वर्षका हुने जनाएको छ । उनले आजै अर्थ मन्त्रालयमा जनार्दन शर्माको उपस्थितिमा संस्थाका सञ्चालक समितिका अध्यक्ष धनबहादुर बरुवालले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

यस अघि कटुवाल सोही संस्थामा १ वर्ष ९ महिना कायममुकायम सीईओका रुपमा काम गरेका थिए । अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर कटुवालको बैंकिङ र लघुवित्त क्षेत्रमा करिब २८ वर्षभन्दा बढीको कार्यानुभव छ


प्रतिक्रिया दिनुहोस्