आरएमडीसी लघुवित्तले गर्यो अध्यक्ष जोशीसहित चार जना संचालकको कार्यकाल थप « Arthapath.com
१९ माघ २०७९, बिहीबार

आरएमडीसी लघुवित्तले गर्यो अध्यक्ष जोशीसहित चार जना संचालकको कार्यकाल थप



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका चार जना संचालकको कार्यकाल थप गरेको छ ।

कम्पनीका अध्यक्ष सुजाता जोशी, जयेन्द्र बिक्रम शाह, नमिता दीक्षित र समता पन्तको कार्यकाल थप भएको हो ।

कम्पनीले मर्जर पश्चात एकीकृत सस्थाको संचालक समितिको निर्वाचन नभएसमम्मको लागि संचालकहरु बहाल रहने गरी छुट सुविधा पाउन नेपाल राष्ट्र बैक समक्ष निवेदन दिएकोमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था निगमन विभागको माघ १८ गते पत्रबाट स्वीकृत गरेको जनाएको हो ।

कम्पनीले साना किसान विकास लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरी सकेका छन् ।


प्रतिक्रिया दिनुहोस्