लाभांश पारित र प्रिमियममा एफपीओ जारी गर्ने महुली लघुवित्तको साधारण सभा वैशाख ९ गते « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

लाभांश पारित र प्रिमियममा एफपीओ जारी गर्ने महुली लघुवित्तको साधारण सभा वैशाख ९ गते



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १०औं वार्षिक साधारण सभा वैशाख ९ गतेका लागि बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्तावसमेत पेश गरिनेछ । साथै सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्न÷गाभिन वा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २९ गते बुक क्लोज गर्ने भएको हुदाँ चैत २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्