नियम विपरित निषेधाज्ञामा पनि बैंकले ग्राहकलाई कालोसूचीमा राख्न छाडेनन् « Arthapath.com
७ असार २०७८, सोमबार

नियम विपरित निषेधाज्ञामा पनि बैंकले ग्राहकलाई कालोसूचीमा राख्न छाडेनन्



काठमाडौं । निषेधाज्ञाकै समयमा बैंकहरुले साढे १२ सय जना ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिदिएका छन् । बैंकबाट ऋण लिएर लामो समयसम्म सावाँब्याव भुक्तानी नगर्ने ऋणीलाई बैंकले कालोसूचीमा राख्ने गरेका छन् । राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर कर्जा असुलीको प्रक्रिया शुरु नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको भए पनि त्यसलाई बेवास्ता गर्दै बैंकहरुले थुप्रै ग्राहकलाई कालोसूचिमा राखिदिएका हुन् ।

गएको बैशाख १६ गतेदेखि उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको थियो । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार बैशाख १ गतेदेखि असार ६ गतेसम्म १ हजार २ सय ५६ जना कालोसूचीमा सूचीकृत भएका छन् । केन्द्रका अनुसार गत १ पुसदेखि हालसम्म ३ हजार ९ सय ७६ जना कालोसूचीमा सूचिकृत भएका छन् । यीमध्ये अधिकांशले ६ महिनाभन्दा लामो समय ऋणको ब्याज नतिरेका ग्राहक छन् ।


प्रतिक्रिया दिनुहोस्