माइक्रोफाइनान्सलाई रेगुलेसन खाेई ? सहकारीको जिम्मा राष्ट्र बैंकलाई घाँडो होः पूर्व अर्थमन्त्री डा. खतिवडा « Arthapath.com
३२ जेष्ठ २०८०, बिहीबार

माइक्रोफाइनान्सलाई रेगुलेसन खाेई ? सहकारीको जिम्मा राष्ट्र बैंकलाई घाँडो होः पूर्व अर्थमन्त्री डा. खतिवडा



काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीलाई राष्ट्र बैंकले रेगुलेसन नगर्नु पर्ने बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी “आर्थिक वर्ष २०८०÷८१ मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘माइक्रो फाइनान्सलाइ लाइसेन्स दिएर मात्र हुदैन । यस्को नियमन भएको छैन । राष्ट्र बैकले माइक्रोफाइनान्सलाई नियमन गर्नुपर्छ ।’ – उनले भने तर, राष्ट्र बैंकले सहकारीको जिम्मा लिन नहुने उनको भनाइ छ । ’राष्ट्र बैंकलेले सहकारीको जिम्मा नलियोस, यो घाँडो हुन्छ ।’ खतिवडाले भने

उनले अहिलेको अवस्थामा बैंकहरुले क्यापिटल बढाउन नदिनु पर्न तर्क गरेका थिए । खतिवडाले भने, ‘९ प्रतिशतको स्पेड मैले ५ प्रतिशतमा ल्याएँ । अहिले ४ प्रतिशत भन्दा तल ल्याउन जरूरी छैन । रिफाइनान्समा अलि बढाउनु पर्छ’


प्रतिक्रिया दिनुहोस्