साउन पहिलो सातादेखि बंगलादेशमा विद्युत निर्यात सुरु, त्रिपक्षीय सम्झौता अन्तिम चरणमा « Arthapath.com
१७ असार २०८०, आईतवार

साउन पहिलो सातादेखि बंगलादेशमा विद्युत निर्यात सुरु, त्रिपक्षीय सम्झौता अन्तिम चरणमा



काठमाडौं । नेपालले बंगलादेशमा विद्युत निर्यात गर्न तयारी थालेको छ । नेपाल र बंगलादेश बीच आगामी साउनको पहिलो साताबाट विद्युत व्यापार सुरु गर्ने तयारी गरिएको हो । यसका लागि नेपाल, भारत र बंगलादेशबीच हुने त्रिपक्षीय सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।

अब एक/दुई हप्ता भित्रै त्रिपक्षीय सम्झौता गरेर आगामी साउनदेखि बंगलादेशमा नेपाली विद्युत निर्यात गर्ने तयारी गरिएको प्राधिकरणले स्रोतले जनाएको छ । ‘नेपाली विद्युत बंग्लादशेमा पुर्याउन भारतको प्रसारण लाइन प्रयोग गनूपर्छ, त्यसको लागि भारतले सहमती दिइसकेको छ । अब छिट्टै महशुल दर, प्रसारण लाइनको भाडादर लगायतका बिषयमा त्रिपक्षीय सम्झौता गरिनेछ । त्यसपछि नेपालको बिजुली भारतीय प्रसारण लाइन मार्फत बंगलादेशमा विद्युत निर्यात गरिने छ’– स्रोतले भन्यो ।

गत जेठ २ र ३ गते बंगलादेशमा सम्पन्न नेपाल बंगलादेश ऊर्जा बैठकमा द्धिपक्षीय विद्युत व्यापार सुरु गर्ने सहमती भएको थियो । तत्काललाई भारतीय प्रसारण लाइन प्रयोग गरेर ४० मेगावाट विद्युत बंगलादेश पुर्याउने सहमती थियो । त्यसका लागि नेपाल विद्युत प्राधिरकण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय विद्युत व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय सम्झौता गर्ने भनिएको थियो ।

भारतले पनि नेपाल र बंगलादेशसँगको ऊर्जा सम्बन्धी बैठकमा नेपाल बंगलादेश विद्युत व्यापारमा सहयोगन गर्ने भनेको थियो । तर, त्यसबारे सहमती नै भइकेको थिएन । तर, अहिले त्रिपक्षीय सम्झौताको तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ ।

प्राधिकणका अनुसार पनि त्रिपक्षीय छलफल जारी रहेको छ, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) को अन्तिम मस्यौदा तयार भइसकेको छ । त्यसमा बंगलादेशले सहमती आउन बाँकी रहेको बताइएको छ । बगलादेशले सहमती गरेपछि त्यसमा त्रिपक्षीय सहमती हुने बताइएको छ । सम्भवत अब छिट्टै त्रिपक्षीय सहमती हुने र साउनदेखि विद्युत निर्यात गर्न सुरु गरिनेछ ।

यसमा सबैभन्दा पहिले गत भदौमा काठमाडौंमा सम्पन्न ऊर्जा सचिव स्तरीय बैठकमा बंगलादेशले गत कात्तिक भित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत किन्ने सहमती गरेको थियो । त्यसका दुवै देशले भारतसँग पहल गर्ने भनिएको थियो । तर, भारतसँग समयमै समन्वयन नहुदाँ त्यो सफल हुन सकेको थिएन । त्यसपछि केही महिना अघि भारतमा सम्पन्न बंगलादेश भारत ऊर्जा बैठक र गत फागुनमा सम्पन्न नेपाल भारत ऊर्जा बैठकमा भारतले यसमा सहयोग गर्ने भनेको थियो । भारतले सहयोग गर्ने प्रतिवद्धता गरेपछि गत जेठ पहिला साता सम्पन्न नेपाल बंगलादेश ऊर्जा बैठकमा द्धिक्षीय व्यापार गर्ने सहमती भएको थियो । त्यसपछि यही बर्खामा बंगलादेशमा विद्युत बिक्री गर्र्ने प्राधिकरणको तयारी छ ।

नेपाल र बंगालदेश सिमा जोडिएका देश होइनन् । दुवै देशका सिमा बीचमा बीचमा भारतीय भुमि पर्छ । त्यो अवस्थामा नेपाल बंगलादेशबीच ऊर्जा व्यापार गर्न भारतीय भुमि र प्रसारण लाइन प्रयोग गर्नुपर्ने बाध्यता छ । अन्तरदेशीय प्रसारण लाइन बनाउन परेपनि भारतीय भुमि नै प्रयोग गर्नुपर्छ । त्यसकारण यसमा भारतको सहयोग अनिवार्य छ ।

प्राधिकरणले मध्यकालिन पीपीए (५ बर्ष अवधीको) गरेर भारतमा यसैबर्षदेखि २०० मेगावाट विद्युत बिक्री गर्ने तयारी पनि गरेको छ । अहिले प्राधिरकणले दैनिक बोलकवाले गरेर भारतको इनर्जी एक्सचेजन्ज मार्केटमा विद्युत बिक्री गर्दै आएको छ । अब भने निश्चित महशुलदरमा भारतीय बजारमा ५ बर्षको लागि विद्युत बिक्री गर्न लागिएको हो । त्यसका लागि बिभिन्न आयोजना स्वीकृतिका लागि भारत समेत पठाइएको छ । त्यो स्वीकृत भएर आएपछि भारतमा थप विद्युत निर्यात गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्