लगानीकर्ताको संरक्षण कोष नै अलपत्र « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

लगानीकर्ताको संरक्षण कोष नै अलपत्र



काठमाडौं । निष्कृय लगानीकर्ताहरूको लगानीको प्रतिफल रकम बटुलेर लगानीकर्ताकै हितमा लगाउने मुख्य उद्देश्य बोकेको लगानीकर्ता संरक्षण कोष अलपत्र परेको छ । कोष स्थापनाको दशक बितिसक्दा पनि यो सञ्चालनमा समेत आउन सकेको छैन । कार्यालय स्थापना गरेरै काम सुरु गरेको तीन वर्ष हुँदासमेत यो कोषमा एकजना कर्मचारीसमेत छैन । कोषमा जम्मा भएको रकमले कमाएको व्याजवापत्को रकम कम्पनी रजिष्टार कार्याालयका केही कर्मचारीले वनभोज र टीएडीए खाने काममा उपयोग हुँदै आएको छ ।

कानुनबमोजिम सेयर लगानीकर्ताहरू संकलन नगरेका लाभांश रकम संकलन गरी त्यसको परिचालन गर्ने जिम्मेवारी पाएको भए पनि यसको सञ्चालन कार्यविधिसमेत बनेको छैन । कोष स्थापना भए पनि यसको सञ्चालन र व्यवस्थापनको बिषयमा स्थायी संयन्त्र नहुँदा यतिबेला कोष बेवारिसे अवस्थामा पुगेको हो ।

कम्पनी रजिष्ट्रार कार्यालयको हाताभित्र रहेको दोस्रो भवनको दोस्रै तल्लामा यो कोषको औपचारिक कार्यालय राखिएको छ । त, कार्यालय राखिए पनि त्यहाँ न कुनै कर्मचारी हुन्छन् न त पदाधिकारी नै । धेरैजसो समय कार्यालय नै बन्द रहने गरेको छ । सो कार्यालयमा स्थायी कर्मचारी नहुँदा अधिकांश समय कार्यालय बन्द रहने सम्बद्ध अधिकारीहरू बताउँछन् ।

कार्यालय त बन्द हुन्छ नै कार्यालय खुलेको करिव अढाई वर्ष पुग्नैलाग्दासमेत नियमित कार्यालयसमेत खुल्ने गरेको छैन । आफ्नो लाभांश रकम लिन जाँदा कर्मचारी नभएको वा कार्यालय नै बन्द रहेका कारण हप्तौंसम्म धाउनु परेको समस्या लगानीकर्ताहरूको छ । त्यसैले यो कोषको नाम लगानीकर्ता संरक्षण हैन कि लगानीकर्तार्ला दुःख दिने कोष भन्ने गरिएको छ ।

तीन वर्षदेखि कोषमा जम्मा भएको रकमको अवस्था पनि बेवारिसेजस्तै छ । आफ्नो लगानीको लाभांश कोषमा पुगेकोमा फिर्ता लिन जाने सेयरधनीहरूले सुविधासमेत पाउन सक्दैनन् । आफ्नै रकम फिर्ता लिन जाँदा अनेकन झन्झट व्यहोर्नुपरेको छ । कर्मचारी अभावमै उद्देश्यअनुसार काम गर्न नसकेको कोषका एक सदस्यले बताए । एकजना पनि नियमित कर्मचारी नभएको कार्यालय नियमित खोलिने गरिएको छैन । कम्पनी रजिष्टारका निजामति कर्मचारी यो कोषमा काम गर्न मान्दैनन्, किनभने कोषमा काम गर्दा अतिरिक्त आम्दानी हँुदैन । त्यसैले उनीहरू कुस्त कमाई हुने कम्पनी रजिष्टारमै संलग्न हुन चाहने र कोषक काम हेर्न नपरे हुन्थ्यो जस्तो गर्छन् ।

कोषले प्रभावकारीढङ्गले काम गर्न नसकेकै कारण कोषमा अझै पर्याप्त रकम सङ्कलन हुनसकेको छैन । बेला–बेलामा कोषले रकम जम्मा गरिदिन कम्पनीहरूलाई पत्राचार गर्ने गरेको भए पनि रकम भने संकलन हुन सकेको छैन ।

कोषले रकम जम्मा गर्न कडी कडाइ गर्न नसक्दा अझै धेरै कम्पनीहरूले रकम जम्मा गर्न अटेर गरिरहेका छन् । ‘कोषमा तीन वर्षको अवधिमा धेरै रकम जम्मा हुनुपर्ने हो । तर, कोषले कडी कडाई गर्न नसक्दा कम्पनीहरूले अटेर गरिरहेका छन्’ ती सदस्यले भने ।

कम्पनीहरूले निष्कृय रहेको यस्तो लाभांश रकम आपैm“ परिचालन गरेर करोडौं कमाइरहेको अवस्थामा कोषलाई रकम हस्तान्तरण गर्न आनाकानी गरेका हुन् ।

कोषमा जम्मा भएको रकमसमेत कोषले प्रभावकारीढङ्गले खर्च गर्न सकेको छैन । कोषमा जम्मा भएको रकमलाई मुद्दती खातामा राखेर व्याज खानेबाहेक अन्य प्रभावकारी कार्यक्रम हुनसकेको छैन । उसले व्याज आम्दानीबाट रकम खर्चै गरेको देखाउनका लागि सामान्य कार्यक्रम गर्ने गरेको छ । जुन खर्च पनि कम्पनी रजिष्टारको कार्यालयका कर्मचारीको तालिम भ्रमण र भत्तामा खर्च हुने गरेको छ ।

चालु आर्थिक वर्षको पछिल्लो तथ्याङ्कअनुसार २० करोड १७ लाख रुपैया“ कोषमा जम्मा भएको छ । गत आर्थिक वर्षमा आठ करोड ३६ लाख रुपैया“ जम्मा भएको थियो भने अघिल्लो वर्ष पा“च करोड १० लाख ६८ हजार रुपैया“ जम्मा भएको थियो । उक्त रकम २५ सूचीकृत कम्पनीले जम्मा गराएका हुन् । जबकी नेप्सेमा दुई सयभन्दा बढी कम्पनी सूचीकृत छन् । त्यसमध्ये धेरैजसो कम्पनीले नगद लाभांश जम्मा नगराएको कोषका ती सदस्यको भनाई छ । उनीहरूले सामान्यतया केही हजार रुपैया“देखि करोडौ“ रुपैया“सम्म अझै जम्मा नगरेको ती सदस्यले बताए ।

जम्मा भएको रकमबाट कोषले अहिलेसम्म २१ लाख १६ हजार रुपैया“ फिर्ता गरिसकेको छ । ६ वटा कम्पनीका सेयरधनीले उक्त रकम फिर्ता लगेका हुन् । एनआईसी एसिया बैंक, युनिलिभर नेपाल, जनता बैंक, एनएमबि बैंक र नेपाल इन्भेस्टमेन्ट बैकका सेयरधनीले उक्त रकम फिर्ता लगेका हुन् ।
कस्तो रकम कोषमा जम्मा हुन्छ ?

सूचीकृत कम्पनीहरूले सेयरधनीलाई वार्षिक नाफाबाट लाभांश दिने गरेका छन् । कम्पनीहरूले दिएको नगद लाभांश लामो समयसम्म पनि कतिपय सेयरधनीले लाने गरेका छैनन् । वितरण गरिएको तर सेयरधीले नलगेको नगद लाभांश कम्पनीले आपैm“ले चलाउने गरेका छन् । तर, पा“च वर्षभन्दा बढी समयसम्म पनि सेयरधनीले उक्त रकम दाबी गर्न नआएमा कम्पनीहरूले उक्त रकम कोषमा जम्मा गर्नुपर्ने नियम छ । जुन रकम अर्बाैको हाराहारीमा हुनुपर्ने कोषको प्रारम्भिक अनुमान छ । यद्यपि, कोषमा सञ्चित रकम सम्बन्धित लगानीकर्ताले दाबी गर्न आएमा भने आफ्नो हकअनुसारको रकम फिर्ता लान सक्ने व्यवस्थासमेत रहेको छ ।

कोषले के गर्छ ?
लगानीकर्ता संरक्षण कोष लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ अनुसार सञ्चालन भएको छ । कोषमा जम्मा भएको रकम पु“जीबजार, लगानी नीति, कम्पनी कानुन वा व्यापार तथा व्यवसायसम्बन्धी पेशागत कानुनको सुधार गर्न, कार्यालय वा कम्पनीका कर्मचारीलाई प्रशिक्षण दिन, कम्पनी प्रशासनसम्बन्धी कार्यमा खर्च गर्ने व्यवस्था रहेको छ ।

कोषको कसरी सञ्चालन हुन्छ ?
कम्पनी ऐन २०६३ को दफा १८३ को उपदफा (१) बमोजिम लगानीकर्ता संरक्षण कोष कार्यविधिअनुसार कोषको स्थापना गरिएको हो । उक्त दफाबमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालनका लागि ऐनको दफा १८३ को उपदफा (३) बमोजिम समिति गठन गरिएको हुन्छ ।

समितिमा अहिले कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्याल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष वा निजको प्रतिनिधि रहनुपर्ने व्यवस्थाबमोजिम मुक्तिनाथ श्रेष्ठ सदस्यको भूमिकामा छन् भने नेपाल स्टक एक्सचेन्जको एक प्रतिनिधिका रूपमा कार्यकारी अधिकृत चन्द्रसिंह साउद छन् । तर, तीनैजनाको आफ्नै कार्यालयको कार्य व्यस्तताले चाहेर पनि कोषलाई पर्याप्त समय दिन नसकेको कोषका एक सदस्यको भनाई छ ।

कम्पनी रजिष्ट्रार कार्यालयकै लेखा शाखामा कार्यरत एक लेखा अधिकृतलाई यतिबेला लेखा राख्ने जिम्मेवारी दिईएको छ । यीबाहेक कोषमा अन्य कर्मचारी छैनन् । जसले गर्दा कोषको उद्देश्यअनुसार काम हुन नसकेको हो । कोषको उद्देश्यअनुसार काम नहु“दा कोष आपैm“ संरक्षणकर्ताको पर्खाईमा रहेको छ ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्