सधैँ मजदूर दिवस हो भन्ने आभास दिलाउँ « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

सधैँ मजदूर दिवस हो भन्ने आभास दिलाउँ



“नेपालको सन्दर्भमा हुने खाने वा पावर भएका ब्यक्तिमात्र रोजगारीको पहुँचमा देखिन्छन भने सर्बसाधारणले रोजगारीको लागि त्यहि बिदेश धाउनुपर्ने बाध्यता छ । नेपाल सरकारमा बसेका हुन वा आफू नेताका नामले चिनाउने ब्यक्तिले श्रमिक दिवसको सुभकामना दिइरहदा ती बिचारा श्रमिक जुन बिदेशमा रोजगार गुमाई सकेपछि आप्नो जन्मभूमि आउन नपाउदाको पिडा के ती कुर्चिमा बसेका ब्यक्तिले महसुस पनि गर्न सक्छ र ?”

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घन्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशालि दिनको रुपमा हरेक बर्ष आजकै दिन अर्थात मे १ मा बिश्वभर अन्तरास्ट्रिय श्रमिक दिवस मनाइन्छ । त्यसैगरी नेपालमा बि.स.२००३ सालमा बिराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन विभिन्न कालखण्डमा सशस्त्र र शान्तिपुर्ण जन– आन्दोलनहरुमा श्रमजिबि जनताको बलिदानिपुर्ण संघर्षलाई आज सिङ्गो नेपाल गौरबका साथ स्मरण गर्दछ ।

आज बिश्वभरी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो बिश्वनै संघर्षरत छ । यति बेला संसार भरका मजदूरहरुको रोजगारी गुम्नुका साथै दैनिक छाक टार्न पनि पाईरहेका छैनन् । दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने देशका विभिन्न कुना–कुनामा रहेका श्रमजीवी मजदूरको लागि नत राहतको ब्यबस्था नत केही सहयोगका पहल भएको देखिन्छ । देशका विभिन्न भागहरु बाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य सर्बसाधारण लाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन नत सरकारको भुमिका देखिन्छ नत अग्र पङ्त्तिमा रहेका ब्यक्तिको भुमिका देखिन्छ ।

“हुन त नेपाल मा धेरै युनियनहरु छन, तर ती युनियन कता छ्न, के गर्दैछन् ? नत ती ज्यालदारी गरि खाने मजदूरलाई थाह छ, नत तपाइ हामी जस्ता सर्बसाधारणलाई, आज एक दिन को लागि मात्र सुभकामना दिनुभन्दा, ती मजदुरलाई सधै आज मजदूर दिवस हो भन्ने आभास गर्ने बनाउ ।”

नेपालको सन्दर्भमा हुने खाने वा पावर भएका ब्यक्तिमात्र रोजगारीको पहुँचमा देखिन्छन भने सर्बसाधारणले रोजगारीको लागि त्यहि बिदेश धाउनुपर्ने बाध्यता छ । नेपाल सरकारमा बसेका हुन वा आफू नेताका नामले चिनाउने ब्यक्तिले श्रमिक दिवसको सुभकामना दिइरहदा ती बिचारा श्रमिक जुन बिदेशमा रोजगार गुमाई सकेपछि आफनो जन्मभूमि आउन नपाउदाको पिडा के ती कुर्चिमा बसेका ब्यक्तिले महसुस पनि गर्न सक्छ र ?

हुन त नेपाल मा धेरै युनियनहरु छन, तर ती युनियन कता छ्न, के गर्दैछन् ? नत ती ज्यालदारी गरि खाने मजदूरलाई थाह छ, नत तपाइ हामी जस्ता सर्बसाधारणलाई, आज एक दिन को लागि मात्र सुभकामना दिनु भन्दा, ती मजदुरलाई सधै आज मजदूर दिवस हो भन्ने आभास गर्ने बनाउ । त्यसैलेले सुभकामनामा मात्र सिमित श्रमिक र मजदूर दिवस, कहिले सम्म सबै मजदूरले खुशी र गौरबका साथ मनाउने ? सबै श्रमजीवी मजदूरलाई श्रम दिवसको सुभकामाना, श्रमको सम्मान गरौं । रोशन ठकुरी


प्रतिक्रिया दिनुहोस्