काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले आज अर्थात चैत २१ गतेदेखि १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । उक्त ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ अकिंत दरमा बिक्री खुला गरेको हो ।