काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले आजदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । हिमालयनले आजदेखि सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले फागुन ५ गते सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नाममा एकिकृत कारोबार गर्न स्वीकृति दिइसकेको छ